सहकारीको शक्ति आपूर्ति तथा बजारीकरण : राष्ट्रपति सि जिनपिङ

चीनका राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी कार्य सम्बन्धी महत्वपूर्ण आदेश दिनुभएको छ । राष्ट्रपति सि जिनपिङले आपूर्ति तथा बजारीकरण सहकारी नै चीनको कृषि तथा ग्रामीण विकासलाई अघि बढाउने महत्वपूर्ण शक्ति रहेको औँल्याउनु भएको छ ।

अखिल चीन आपूर्ति तथा बजारीकरण सहकारीको सातौँ प्रतिनिधि सम्मेलनमा उहाँले यस्तो आदेश दिनुभएको हो ।

बितेका वर्षहरूमा आपूर्ति तथा बजारीकरण सहकारी सम्बन्धी गहन र मिलिजुली सुधार भइरहेकोले आधुनिक कृषिको निर्माण, किसानहरू आम्दानीको बढावा र धनी बन्ने कार्य एवं शहरी ग्रामीण क्षेत्र बीचको मिलन तथा विकासको लागि प्रशस्त काम गरेको पनि उहाँले औँल्याउनुभएको हो ।

‘आपूर्ति तथा बजारीकरण सहकारीले किसान तथा ग्रामीण क्षेत्र एवं कृषिको सेवा गर्दै कृषिको सामाजिकक सेवा, ग्रामीण क्षेत्रमा आधुनिक परिसंचरण, किसानहरूको पेशागत सहयोगलाई अघि बढाउनुका साथै महत्वपूर्ण कृषि सामग्री तथा उत्पादित वस्तुको आपूर्ति सेवाको अनुकूलन गरेर किसानहरूको आम्दानीलाई बढाउनुपर्छ’, उहाँले अगाडी भन्नुभयो, ‘ग्रामीण क्षेत्रको पुनरूत्थान तथा कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणका लागि नयाँ योगदान गर्ने छ ।’

अखिल चीन आपूर्ति तथा बजारीकरण सहकारीको सातौँ प्रतिनिधि सम्मेलन सेप्टेम्बर २४ तारिख पैचिङमा आयोजना गरिएको थियो ।